
Rgp1
Djs
Pbu
Rgp
Ggp
cjs
Lnp
sbs
Unsku
Sgr
Srbpu
pku
Gfs
Pes

Rgs
Gst
Vor
Ggd
Sbs
Wsp
Bbbpu
Asm
Bbu
Sls
Ksm
Rgu
Pvg
nsb
Rgu
Rsb
Tsm
Ssm
Hal

Jmb
Abd
Ptm
Rpp
Jmb
bbt
Gsb
Pls
Mks
Rmb
Bml
Syp
sab
रुपन्देही । उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । सो दलको महाधिवेशनमा महासचिवका उम्मेदार रहेका अशोक यादवको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल छाडेर जनता लोकतान्त्रिक पार्टी (जलोपा) दर्ता गराएर चुनाव चिन्ह भैँसी लिएका छन् ।
त्यस्तै अशोक महासचिवको उम्मेदार हुनुअघि सो पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष रहेका थिए । तर उनले दबाब र षडयन्त्रपूर्वक आफूलाई महासचिवबाट हटाइएको भन्दै असन्तुष्ट रहँदै आएका थिए । अशोकले आफ्नो अध्यक्षतामा निर्वाचन आयोगमा जलोपा दर्ता गराएको बताए । उनका अनुसार पार्टीको चुनाव चिह्न भैँसी प्रस्ताव गरिएको छ । सो पार्टीको संरक्षकमा भने जसपा नेपाल छाडेका अमरेशनारायण झालाई राखिएको छ । २१ सदस्यीय कार्यसमिति रहेको पार्टीका अधिकांश नेता जसपा छाडेकाहरु रहेको यादवले बताए ।
त्यस्तै यादवको टीममा सदस्यहरु बलराम प्रसाद यादव,राजनारायण चौधरी,भगतराम चौधरी,सुमित्रा चौधरी,निरंकार यादव,श्याम शेखर झाँ,सुरेन्द्र यादव, किशोर अधिकारी,माया बिष्ट,कल्पना शर्मा,दुर्गादेवी घिमिरे,राजेन्द्र शर्मा,अनु बिष्ट,मयाली चौधरी,सरोज चौधरी,शेख अर्शद,विष्णु नारायण यादव,काशिन्दर राम,श्यामबाबु चौधरी,रजनी शाक्य रहेका छन् । यसअघि यादव नेतृत्वको पार्टीबाट अशोक राईको नेतृत्वमा जसपा बनेको थियो ।नेपालप्रेस
