
Sssbus1
Ssbus
tssbus
Gsl
Ssbus
Sssbus1
nsm
ssbus
Pbu
Ssbus

Hal
Gst
Ksm
Sbs
Ggd
Pvg
Bbbpu
Rsb
nsb
Sls
Rgs
Asm
Vor
Ssm
Rgu
Bbu
Rgu
Wsp
Tsm

Mks
Pls
Abd
bbt
Syp
Gsb
Rmb
Jmb
Ptm
Jmb
Rpp
Bml
sab
दाङ । लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरुले पहिलो किस्ता बुझाएका छन् ।
नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् । ती उद्योगको कुल चार अर्ब ९४ करोड ३० लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताबापत १७ करोड ४६ लाख रुपैयाँ बुझाएका छन् ।
त्यस्तै सबैभन्दा धेरै बक्यौता बुझाउँनेमा जगदम्बा स्टिल कम्पनीले हिजो मात्रै पाँच करोड ७२ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायतले पहिलो किस्ता तिरेका छन् ।
यस्तै विद्युत महसुल भुक्तानीका लागि प्राधिकरणले उद्योगीहरुलाई किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो । त्यही सुविधा अनुसार उद्योगहरुले बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति जनाएका हुन् । प्राधिकरणका अनुसार,विद्युत महसुल असुलीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उद्योग क्षेत्रसँग निरन्तर समन्वय समेत भइरहेको छ ।
