Sidha Patra बिहिबार, कार्तिक २७, २०८२

दाङ । लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरुले पहिलो किस्ता बुझाएका छन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् । ती उद्योगको कुल चार अर्ब ९४ करोड ३० लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताबापत १७ करोड ४६ लाख रुपैयाँ बुझाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै बक्यौता बुझाउँनेमा जगदम्बा स्टिल कम्पनीले हिजो मात्रै पाँच करोड ७२ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायतले पहिलो किस्ता तिरेका छन् ।

यस्तै विद्युत महसुल भुक्तानीका लागि प्राधिकरणले उद्योगीहरुलाई किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो । त्यही सुविधा अनुसार उद्योगहरुले बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति जनाएका हुन् । प्राधिकरणका अनुसार,विद्युत महसुल असुलीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उद्योग क्षेत्रसँग निरन्तर समन्वय समेत भइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]