
Rgp
Jns
lnp
Dbs
Lks
Asb
Rgp
Dus
Rgp
Rgp
Lnp
Pbu
Ggp
Ggp
Sgp
Usb
ksb


झापा । प्रहरीले जेनजी आन्दोलनका क्रममा झापाको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यालय तथा सवारी साधनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरी कर्मचारीमाथि ज्यान मार्ने उद्देश्यले अमानवीय व्यवहार गरेको आरोपमा थप एक जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो । कार्यालय र सवारी साधनमा ढुङ्गामुढा,तोडफोड र आगजनी गरेको आरोपमा ६ जनालाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।
यस्तै पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नम्बर–५,का २२ वर्षीय राजन चौधरी,बिर्तामोड नगरपालिका–५ का २० वर्षीय आयुस धिमाल, कन्काई नगरपालिका–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, अर्जुनधारा–७ की २४ वर्षीया पूजा मगर, अर्जुनधारा–७ का २८ वर्षीय सुरज मगर र सुनसरी हरिनगर–१ का २२ वर्षीय साहिल अन्सारी रहेका छन् ।
त्यस्तै प्रहरी कर्मचारीलाई ज्यान मार्ने उद्देश्यले बाँसमा डोरीले बाँधेर अमानवीय व्यवहार गरेको आरोपमा बिर्तामोड नगरपालिका५ का २६ वर्षीय नवराज राई लाई ज्यान मार्ने उद्योगमा कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
