
Rgp
Jns
Ggp
lnp
Sgp
Lnp
ksb
Ggp
Rgp
Usb
Rgp
Asb
Dus
Rgp
Lks

lms

काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नख्खु जेलबाट फर्जी कागज बनाएर निस्किएका रवि लामिछानेलाई बनायनका लागि सिंहदरबार ल्याइएको छ ।
भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले लामिछानेसँग बयान लिन लागेको हो ।
त्यस्तै भदौ २४ गते रास्वपाका नेताहरुले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई भीड जम्मा पारेर निकालेका थिए । केही दिनअघि मात्रै त्यहाँका अधिकारीले आयोग समक्ष बयान दिँदै लामिछानेलाई बाहिर निकालेको डेढ घण्टापछि आफूलाई दबाबमा हस्ताक्षर गराइएको बताएका थिए। देशसञ्चार
