
Csb
Tgp
Bsn
Ssb
Ksb
Gsb
Ksb
jsb
Usb
Ssb
Ksb
Nsb
Rsb
Ppu
Rks

Hl1
Gsb
Usb
Tsb
Ssb

Rgu
Nps
ptl
काठमाडौं । गृह मन्त्रालयले मापदण्ड विपरीत एक व्यक्तिको घरमा सुरक्षाकर्मी पठाइएको विषयमा सोधखोज सुरु गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई नक्साल निवासी ‘कृति पाण्डे’को घरमा पठाइएको भनी सूचना आएपछि मन्त्रालयले सोधखोज सुरु गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीमा हेड कन्स्टेबलको रुपमा कार्यरत सुरेन्द्र मगर सवारीचालकको रुपमा खटाइएका हुन् । उनलाई दशैदेखि सवारीचालकको रुपमा खटाइएको थियो ।
त्यस्तै ‘मापदण्ड विपरित सुरक्षाकर्मी खटाइएको विषयमा उजुरी आएपछि हामीले खोजबिन सुरु गरेका छौं’ मन्त्रालयसम्वद्ध स्रोतले भन्यो, ‘निवर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीकै सूरक्षाकर्मी तानिएपछि अरुको हकमा सुरक्षाकर्मीहरु दुरुपयोग गर्नु हुदैन भन्ने हाम्रो उद्देश्य हो ।’
