
Ksb
jsb
Ksb
Bsn
Nsb
Rks
Rsb
Ssb
Ssb
Usb
Ppu
Tgp
Gsb
Csb
Ksb

Usb
Tsb
Gsb
Ssb
Hl1

Nps
ptl
Rgu
कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर –१ बनकसबास स्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् । दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पैदलयात्री एक पुरुषको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बसका घाइते यात्रुहरुलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले जानकारी दुए ।
