
Asb
Ggp
Lks
Pbu
Sgp
Rgp
Rgp
Rgp
Usb
Rgp
Jns
lnp
Dus
Dbs
Ggp
ksb
Lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा जलवायु अनुकूलन तथा दिगो जीविकोपार्जन कार्यक्रम बारे संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) सँग बुधबार छलफल गरिएको छ ।
गाउँपालिका कार्यालय मसुरियामा सम्पन्न छलफलमा जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा देखिएका चुनौती तथा तिनको दीर्घकालीन समाधानबारे चर्चा गरिएको थियो ।
छलफलमा गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले वन जङ्गलमा खेर जाने पात–पतिंगर तथा जैविक फोहोर संकलन गरी सामुदायिक वनको सहकार्यमा प्राङ्गारिक मल उत्पादन गर्न सकिने बताए । त्यसले स्थानीय रोजगारी सिर्जना, माटोको उर्वराशक्ति वृद्धि र वातावरणीय दिगोपनामा टेवा पुर्याउने उनको भनाइ थियो । साथै अध्यक्ष बिष्टले सिंचाइ सुविधा विस्तार र बायोग्यास उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा बायोचार प्रवर्द्धन, जलवायु परिवर्तन वित्तीय रूपरेखा निर्माण, तथा स्थानीय जलवायु अनुकूल जीविकोपार्जन कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल गरिएको थियो।
छलफलमा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, युएनडीपी नेपाल लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल,स्विडिस अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी (SIDA) का वरिष्ठ कार्यक्रम अधिकृत क्रियाङ्क्राई थिटिमाकर्न,युएनडीपी क्षेत्रीय केन्द्र बैंककका सार्वजनिक वित्त व्यवस्थापन विशेषज्ञ विवेक मिश्र,संयुक्त राष्ट्र पूँजी विकास कोषका जलवायु वित्त विश्लेषक इनीज मानन्धर,कार्यक्रम अधिकृत प्रज्ञान जोशी,जलवायु परिवर्तन विशेषज्ञ अनु अधिकारी लगायत पालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै छलफलका क्रममा युएनडीपीले राप्ती गाउँपालिका क्षेत्रमा आगामी दिनमा सञ्चालन गर्न लागिएका कार्यक्रम र योजना बारे जानकारी समेत गराइएको थियो ।
