
Asbus
Rgp
Ggp
Sdc
Ksbus
Ksbus
Lnp
Msbus
Ggp


दाङ । देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुरको बाल ज्योति आविलाई बुधबार न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
डि टु कला केन्द्र र ए आइ एमएस डान्स एकेडेमीले
संयुक्त रुपमा देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा रहेकोे बाल ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
केन्द्रका अध्यक्ष दिपक बर्मा,आकाश जैसवाल लमही,जनक कुमल राजपुर,ज्याक सोन.ओली राजपुर,तिलक कुमाल राजपुर,अर्जुन बस्नेत राजपुर,बसन्त खड्का राजपुर,बिमल सेर्पाली लमही,नारायण पुन मगर लमही,बृन्देस बुढाथोकी लमही,चन्द्र राना राजपुर,गगन वली राजपुर,सहितको टिम विद्यालयको प्राङ्गणमा पुगेर उक्त विद्यालयका प्रधानाध्यापक गन बहादुर वलीलाई ५० हजार बराबरको शैक्षिक सामग्री एवम् न्यानो लुगा हस्तान्तरण गरेका हुन् ।
दुर्गम क्षेत्रको विद्यालयमा अध्ययनरत निम्न वर्गका बालबालिकालाई न्यानो लुगा तथा शैक्षिक सामग्री प्रदान गर्ने प्रमुख उदेश्यका साथ डि टु कला केन्द्र र ए आइ एमएस डान्स एकेडेमीको संयुक्त आयोजनामा ३३ जनाको टिमले देउसी-भैलो खेलि संकलन भएको रकमले न्यानो लुगा,झोला, कपि, कलम खरिद गरेर विद्यालयलाई प्रदान गरिएको हो ।

