
Gsb
Usb
Rsb
Csb
Ssb
Nsb
Bsn
Ssb
Ppu
Tgp
Ksb
jsb
Rks
Ksb
Ksb

Tsb
Gsb
Hl1
Ssb
Usb

ptl
Rgu
Nps
पाल्पा । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालक सहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नम्बर २, सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नम्बर ४,मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद चौधरीले जानकारी दिए ।
त्यस्तै रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ४,स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको थियो । बुटवलबाट छहराको मेहलढापका लागि छुटेको लु प्र ०१ ००१ ज ००९१ नम्बरको ईभी गाडी बुधबार दिउँसो २ः १० बजेतिर दुर्घटना भएको थियो । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनाको कारण नखुलेपनि सवारी सडकबाट करिब तीन सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।
