Sidha Patra बुधबार, कार्तिक १२, २०८२

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बुधबार भएको हो ।

भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले दातृ निकायहरुले समेत सरकारका प्राथमिकतासँग मेल खाने गरी योजनाहरु अगाडि बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्न समुदायको उत्थानशीलता बढाउनेगरी अनुकूलन कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेश बनाउने उद्देश्यअनुसार प्राङ्गारिक मल उत्पादनलाई मुख्य कार्यसूचीमा राखिएको बताए । `पहिलो चरणमा पहाडी जिल्लामा वातावरणीय अनुकूलन र अर्गानिक प्रदेश बनाउनेगरी कार्यक्रमहरु अघि बढाएका छौं,´ उनले भने,`पात-पतिंगर संकलन गरेर सामुदायिक वनसँग सहकार्यमा प्राङ्गारिक मल उत्पादनका अभियानहरु थालिएका छन् ।´

भेटमा बायोचार,जलवायु परिवर्तन वित्तीय रुपरेखा र स्थानीय जलवायु अनुकूलित जीविकोपार्जनका लागि सुविधा कार्यक्रम बारे पनि विस्तृत छलफल भएको थियो । भेटमा युएनडीपी नेपालका फिल्ड अफिस लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, स्विडिस अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी सिडाका वरिष्ठ कार्यक्रम अधिकृत क्रियाङ्क्राई थिटिमाकर्न,युएनडीपी क्षेत्रीय केन्द्र,बैककका सार्वजनिक वित्त व्यवस्थापन विशेषज्ञ विवेक मिश्र,संयुक्त राष्ट्र पूँजी विकास कोष जलवायु वित्त विश्लेषक इनीज मानन्धर, कार्यक्रम अधिकृत प्रज्ञान जोशी, जलवायु परिवर्तन विशेषज्ञ अनु अधिकारी सहभागी थिए । साे क्रममा यूएनडिपीले सञ्चालन गरेका कार्यक्रमहरुकाे बारेमा जानकारी गराइएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]