
Rgp
Dbs
Lks
Rgp
lnp
Dus
Ggp
Rgp
Usb
ksb
Ggp
Jns
Pbu
Rgp
Asb
Sgp
Lnp


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बुधबार भएको हो ।
भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले दातृ निकायहरुले समेत सरकारका प्राथमिकतासँग मेल खाने गरी योजनाहरु अगाडि बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्न समुदायको उत्थानशीलता बढाउनेगरी अनुकूलन कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेश बनाउने उद्देश्यअनुसार प्राङ्गारिक मल उत्पादनलाई मुख्य कार्यसूचीमा राखिएको बताए । `पहिलो चरणमा पहाडी जिल्लामा वातावरणीय अनुकूलन र अर्गानिक प्रदेश बनाउनेगरी कार्यक्रमहरु अघि बढाएका छौं,´ उनले भने,`पात-पतिंगर संकलन गरेर सामुदायिक वनसँग सहकार्यमा प्राङ्गारिक मल उत्पादनका अभियानहरु थालिएका छन् ।´
भेटमा बायोचार,जलवायु परिवर्तन वित्तीय रुपरेखा र स्थानीय जलवायु अनुकूलित जीविकोपार्जनका लागि सुविधा कार्यक्रम बारे पनि विस्तृत छलफल भएको थियो । भेटमा युएनडीपी नेपालका फिल्ड अफिस लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, स्विडिस अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी सिडाका वरिष्ठ कार्यक्रम अधिकृत क्रियाङ्क्राई थिटिमाकर्न,युएनडीपी क्षेत्रीय केन्द्र,बैककका सार्वजनिक वित्त व्यवस्थापन विशेषज्ञ विवेक मिश्र,संयुक्त राष्ट्र पूँजी विकास कोष जलवायु वित्त विश्लेषक इनीज मानन्धर, कार्यक्रम अधिकृत प्रज्ञान जोशी, जलवायु परिवर्तन विशेषज्ञ अनु अधिकारी सहभागी थिए । साे क्रममा यूएनडिपीले सञ्चालन गरेका कार्यक्रमहरुकाे बारेमा जानकारी गराइएको थियाे ।
