
Tgp
jsb
Ppu
Rks
Nsb
Ksb
Rsb
Ksb
Bsn
Ssb
Ssb
Csb
Gsb
Ksb
Usb

Tsb
Usb
Ssb
Hl1
Gsb

ptl
Rgu
Nps
रुपन्देही । रुपन्देहीमा ईभी गाडी अनियन्त्रित भएर रुखमा ठोक्किँदा भएको दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागमती प्रदेश ०१००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको सालझन्डीबाट रुद्रपुरतर्फ जाँदै गर्दा कन्चन गाउँपालिका–५ स्थित फायर लाइनमा दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
त्यस्तै मृतकहरुमा रुपन्देहीको सैनामैना वडा नम्बर –८,बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् । गम्भीर घाइते हुनेहरूमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्।
यस्तै उनीहरुको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले जानकारी दिए।
