Sidha Patra मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार अहिले पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकाले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन आग्रह गरेका हुन् ।

त्यस्तै मौसम पूर्वानुमान अनुसार नै हाल डोल्पा, धौलागिरि, मुस्ताङ,मनाङ,मनास्लु, लाङटाङ, सगरमाथा लगायतका पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत सुरु भई पदयात्रालगायतका सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।

यस्तै अध्यक्ष पाण्डेले कतिपय स्थानमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेको भन्दै मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्न/नगराउन,पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई अनुरोध गरे ।
टानले उद्धार लगायतका कार्यका लागि सहजीकरण तथा समन्वय गर्नका लागि स्थानीय सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकाय (प्रहरी,सशस्त्र,सेना) संरक्षण क्षेत्रका व्यवस्थापक,टान गण्डकी तथा टान केन्द्रीय कार्यालयलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]