Sidha Patra मंगलबार, कार्तिक ११, २०८२

दाङ । देउखुरीमा १४ थान अबैध सालको काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्‍ती गाउँपालीका वडा नम्बर १ पाखापानी बस्ने बर्ष ४३ को डिल्लीराज गिरी र गढवा गाउँपालिका-१ कालाकाटे बस्ने वर्ष ३९ को ट्याक्टर चालक विकास घर्ती रहेका छन् ।

गत कार्तिक ३ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा राप्‍ती गाउँपालिका वडा नम्बर १ पुल्चोक स्थित पूर्व- पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटेदेखि पाखापानी तर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याईएको अन्दाजी ४८ हजार ५ सय ८७ रुपैयाँ बराबरको काठ खरिद गरी ल्याउने क्रममा १४ थान (३८.८७ क्युफिट ) सालको चिरान काठ बरामद गरि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै ट्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन कार्यालय लमही दाङमा पठाइएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]