
Gsb
Ksb
Ppu
Tgp
Usb
Rsb
Ksb
Bsn
Ksb
Csb
Ssb
Rks
Ssb
Nsb
jsb

Usb
Gsb
Tsb
Ssb
Hl1

Nps
Rgu
ptl
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
यस प्रणालीको प्रभावले सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ । यस पटकको सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जन–जीवन,पर्वतारोहण लगायत कृषि,पर्यटन क्षेत्रमा समेत असर पर्ने विभागले जनाएको छ ।
त्यस्तै यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रुपमा अद्यावधिक गर्दै जाने पनि विभागले बताएको छ ।
