
Rgp
Ggp
Sgp
Rgp
ksb
Asb
Rgp
Dus
Pbu
Lks
lnp
Lnp
Rgp
Ggp
Dbs
Usb
Jns


संखुवासभा । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा संखुवासभाको चैनपुरबाट ४ जना व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार चैनपुर नगरपालिका वडा नम्बर ३,मगर गाउँका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा ६० वर्षीय चन्द्र बहादुर आले मगर, ४१ वर्षीय पूर्ण बहादुर आले मगर, ४० वर्षीय तेज बहादुर आले मगर र ३८ वर्षीय दाछिरी शेर्पा रहेका छन् । उनीहरु सबै चैनपुर नगरपालिका वडा नम्बर ३ ,का बासिन्दा हुन् ।
प्रहरीका अनुसार,कात्तिक ६ गते राति करिब ८ बजेको समयमा मगर गाउँमा केही मानिसहरुले होहल्ला गरिरहेको खबर प्रहरी चौकी सिद्धपोखरीमा आएको थियो । प्रहरी सहायक निरीक्षक भीम बहादुर बरालको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई सम्झाउन जाँदा मादक पदार्थ सेवन गरेका उनीहरुले प्रहरी टोलीलाई नै अभद्र व्यवहार गरेका थिए।
त्यस्तै अभद्र व्यवहार गरेपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिइएको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिए ।
