Sidha Patra शनिबार, कार्तिक ०८, २०८२

संखुवासभा । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा संखुवासभाको चैनपुरबाट ४ जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार चैनपुर नगरपालिका वडा नम्बर ३,मगर गाउँका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा ६० वर्षीय चन्द्र बहादुर आले मगर, ४१ वर्षीय पूर्ण बहादुर आले मगर, ४० वर्षीय तेज बहादुर आले मगर र ३८ वर्षीय दाछिरी शेर्पा रहेका छन् । उनीहरु सबै चैनपुर नगरपालिका वडा नम्बर ३ ,का बासिन्दा हुन् ।

प्रहरीका अनुसार,कात्तिक ६ गते राति करिब ८ बजेको समयमा मगर गाउँमा केही मानिसहरुले होहल्ला गरिरहेको खबर प्रहरी चौकी सिद्धपोखरीमा आएको थियो । प्रहरी सहायक निरीक्षक भीम बहादुर बरालको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई सम्झाउन जाँदा मादक पदार्थ सेवन गरेका उनीहरुले प्रहरी टोलीलाई नै अभद्र व्यवहार गरेका थिए।

त्यस्तै अभद्र व्यवहार गरेपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिइएको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]