
Rgp
Ggp
Ggp
Sgp
ksb
Usb
Dus
Rgp
Pbu
Rgp
lnp
Dbs
Jns
Asb
Lks
Lnp
Rgp


प्यूठान । प्यूठानमा शुक्रबार आज भएको गाडी दुर्घटनामा परेर घाईते भएका सवारी चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर – ५, रम्दी ठकुरीटोलमा भएको इभी गाडी दुर्घटनामा पर्दा ऐरावती–५ गोठिबाङ निवासी २७ वर्षीय चालक निरज सापकोटा (नेपाली)को मृत्यु भएको जिल्ला अस्पताल प्युठानले जानकारी दिएको छ।
त्यस्तै घटनामा परेर घाईते भएकाहरुको उपचार चलिरहेको छ । ऐरावति गाउँपालिका–१ सिर्सेनीबाट कपिलवस्तुका लागि छुटेको नमस्ते प्रालिको लुम्बिनी प्रदेश ०३–००१ ज ००१८ नम्बरको इभी गाडी सडकबाट कम्तीमा ५ सय मिटर तल खसेको थियो। सिर्सेनीका ३३ वर्षिय रेशम गुरुङ ,३२ बर्षिय शुदिप गुरुङ र २१ बर्षिय कविता गुरुङ घाईते छन् ।
