Sidha Patra शुक्रबार, कार्तिक ०७, २०८२

काठमाडौं । जेन-जीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेन-जी सम्मेलन गर्न माग गरेको छ। जेन-जीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेन-जी सम्मेलन र काठमाडौंमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।

त्यस्तै उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको बताए । यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरुलाई सह्य नभएको बताउँदै उनीहरुले सबै जिल्लामा जेन-जी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

यस्तै ‘सबै जिल्लामा जेन-जी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेन-जी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेन-जीको प्रतिनिधित्व हुनेछ,’ जेन-जी प्रतिनिधि सदिक्षा राईले भनिन्,‘सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ।’ उनले वर्तमान सरकार केवल नेताहरुको नभई जनता र सहिदको सपना बोकेको सरकार भएको बताइन् । ‘यो सरकार सहिदहरुको बलिदानबाट जन्मिएको हो,सरकारले नयाँ पुस्ताको आशा,ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्छ,’ उनले भनिन् । राईले वर्तमान सरकार जेन-जी पुस्ताको पनि अभिभावक भएको बताइन् । उनले सरकार पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुलुक संकटमा परेको अहिलेको समयमा एकता र सहकार्य महत्वपूर्ण भएको धारणा राखिन् ।

त्यस्तै धर्नामा सहभागी मदन कार्कीले जेन-जीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजन नहुन आग्रह गर्दै देशभरका जेन-जीहरु एकजुट हुन आह्वान गरे । ‘मुलुकभरका सबै जेन-जीहरू एकजुट हुन आवश्यक छ, यसका लागि सरकारले हामीलाई सहयोग गर्नुपर्छ, जेन-जी एकजुट हुन सरकारको साथ आवश्यक छ,’ जेन-जी आन्दोलनका घाइतेसमेत रहेका कार्कीले भने।

धर्नामा सहभागीहरुले ‘जेन-जीका माग पूरा गर’, ‘सहिदको रगत नबिर्स’,‘देशका घाउ,हाम्रो जिम्मेवारी’, ‘सहिदहरुको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’,‘राष्ट्र पहिले अहंकार पछि’,‘देश दुख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। धर्नामा जेन-जी आन्दोलनका घाइते, सहिद परिवारको पनि सहभागिता थियो।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरुले धर्ना दिएका हुन्। रासस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]