Sidha Patra मंगलबार, कार्तिक ०४, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् ।

कालिकाचोकमा अवैध जुवा तास खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राति साढे ११ छापा हानेर उनिहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ लाख ४९ हजार ७ सय ९५ रुपैयाँ र जुवा खेल्न प्रयोग भएको तासको ३ गड्डी बरामद गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरु स्थानीयस्तरका बासिन्दा हुन् ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । त्यस्तै पक्राउ पर्नेहरुमा वर्ष २६ का बसन्त कडेल,वर्ष ४१ का चेत प्रसाद बुढा,वर्ष ३४ का अमृत ज्ञवाली, वर्ष ४३ का समुन्द्र बहादुर थापा,वर्ष ३२ का जागृत भुसाल, वर्ष २१ का केशव पुन मगर, वर्ष ३० का सञ्जु कुमाल, वर्ष ४१ का भोजराज रेग्मी, वर्ष ३७ का दीपक पुन मगर, वर्ष ३१ का केशव विक, वर्ष ४७ का भानु राना, वर्ष २६ का विनोद पुन, रोल्पा सुनिल स्मृति गापा – ४ बस्ने वर्ष ४९ का पुरन कामी रहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]