
Lnp
Asb
Dus
Usb
Ggp
Rgp
Ggp
lnp
Pbu
Jns
Dbs
Rgp
Lks
ksb
Rgp
Rgp
Sgp


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् ।
कालिकाचोकमा अवैध जुवा तास खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राति साढे ११ छापा हानेर उनिहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ लाख ४९ हजार ७ सय ९५ रुपैयाँ र जुवा खेल्न प्रयोग भएको तासको ३ गड्डी बरामद गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरु स्थानीयस्तरका बासिन्दा हुन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । त्यस्तै पक्राउ पर्नेहरुमा वर्ष २६ का बसन्त कडेल,वर्ष ४१ का चेत प्रसाद बुढा,वर्ष ३४ का अमृत ज्ञवाली, वर्ष ४३ का समुन्द्र बहादुर थापा,वर्ष ३२ का जागृत भुसाल, वर्ष २१ का केशव पुन मगर, वर्ष ३० का सञ्जु कुमाल, वर्ष ४१ का भोजराज रेग्मी, वर्ष ३७ का दीपक पुन मगर, वर्ष ३१ का केशव विक, वर्ष ४७ का भानु राना, वर्ष २६ का विनोद पुन, रोल्पा सुनिल स्मृति गापा – ४ बस्ने वर्ष ४९ का पुरन कामी रहेको प्रहरीले जनाएको छ ।
