
Ssb
Ssb
Ksb
Csb
Nsb
Ppu
Tgp
Ksb
Ksb
Rks
Gsb
Bsn
Rsb
Usb
jsb

Ssb
Hl1
Tsb
Usb
Gsb

Rgu
ptl
Nps
दाङ । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको बिजुली लाइन काटिदिएको छ ।
प्रभावित उद्योगमा दाङको घोराही सिमेन्ट, लुम्बिनीको अर्घाखाँची सिमेन्ट,परवानीपुरको त्रिवेणी स्पिनिङ र अमलेखगञ्जको जगदम्बा स्टील छन्। यी उद्योगको बिजुली आज काटिएको प्राधिकरणले जनाएको छ।
त्यस्तै प्राधिकरणका अनुसार, यी उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल नतिरेका कारण यो कदम चालिएको हो। डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवाद कायमै रहेका बेला प्राधिकरणले २१ दिनको अल्टिमेटम दिएको थियो। म्याद सकिएपछि बिजुली काट्ने कठोर कदम चालिएको हो। यो कारबाहीले उद्योगहरूको उत्पादन र रोजगारीमा ठूलो असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
बक्यौता रकम यस्तो छ:
जगदम्बा स्टील: १ अर्ब ६० करोड
घोराही सिमेन्ट: ५० करोड ८५ लाख
अर्घाखाँची सिमेन्ट: ४४ करोड ८४ लाख
त्रिवेणी स्पिनिङ: ३२ करोड १० लाख
