
Jns
Pbu
Lks
Dbs
Usb
lnp
Rgp
Rgp
Rgp
Rgp
Ggp
Lnp
Asb
Sgp
ksb
Dus
Ggp


सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले हालै गरेको विभिन्न कारबाहीहरुबाट लागुऔषध,अवैध पटका,जंगली च्याउ,काठ र घरेलु मदिरा बनाउने मर्चासहित ठूलो परिमाणमा अवैध सामग्री बरामद गर्नुका साथै ५४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
त्यस्तै प्रहरीका अनुसार, साेमबार सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीबाट ९ ग्राम ६५० मिलिग्राम खैरो पदार्थ (ब्राउन सुगर) र दुई वटा मोटरसाइकल सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका-६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका-२ का २८ वर्षीय संगीत परियार रहेका छन्।
प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखी थप अनुसन्धान गरिरहेको छ।
यस्तै, शारदा नगरपालिका-१ श्रीनगर बजारस्थित स्पन्दन गिफ्ट एण्ड कस्मेटिक पसलमा बिक्रीका लागि राखिएका विभिन्न किसिमका ६८ प्याकेट पटका बरामद गरिएको छ । बरामद पटकाहरूमा मुन्ना कम्पनीको ४८ पिस,पाण्डा ४ प्याकेट, उजला ५ प्याकेट, सानो साउण्ड ४ प्याकेट,दप बराम २ प्याकेट, फ्यान्सी रकेट २ प्याकेट, बिग फ्लास १ प्याकेट र ठूलो साउण्ड रकेट २ प्याकेट रहेका छन्।
यस्तै,बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजारस्थित जाजरकोट-सुर्खेत सडकखण्डमा जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको भे.१ ज ३९३८ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा करिब ४८ केजी रातो च्याउ बरामद भएको छ। बर्दियाको बारबर्दिया नगरपालिका-८ का ३२ वर्षीय चालक शुक्रराज विकले चलाएको गाडी, च्याउ र चालकलाई आवश्यक कारबाहीका लागि बनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय अम्रा, सल्यानमा पठाइएको छ।
त्यस्तै ९४०० केजी अवैध सल्लाको आँख्ला बरामद
प्रहरीका अनुसार, साेमबार नै बनगाड कुपिण्डे नगरपालिका-१ सल्ली बजारमै जाजरकोटबाट नेपालगञ्ज, बाँकेतर्फ लग्दै गरिएका सु.प्र. ०१-००१ ख २४९४ र ना.७ ख ९१०० नम्बरका दुई वटा ट्रकलाई चेकजाँच गर्दा कागजपत्र नभएको करिब ९४०० केजी सल्लाको आँख्ला बरामद भएको छ।
गाडी, सामान र चालकसहित आवश्यक कारबाहीका लागि बनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय अम्रा, सल्यानमा पठाइएको छ । बनगाड कुपिण्डे नगरपालिका-१ सल्ली बजारस्थित सुर्खेत-छिन्चु- जाजरकोट सडकखण्डमा सुर्खेतबाट जाजरकोटतर्फ जाँदै गरेको क.प्र.० २-००१ ख ७८२ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा स्याउको कार्टुनभित्र र अन्य स्थानमा लुकाइछिपाइ राखिएको जम्मा २१ कार्टुन घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी (मर्चा) बरामद भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ का करिब ३६ वर्षीय अमर सिजालीले चलाएको गाडीबाट उक्त मर्चा बरामद गरिएको हो।
५४ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्दामा फरार रहेका ५४ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । पक्राउ पर्नेमा ‘जेनजी’ आन्दोलनमा फरार रहेका २ जना कैदी र फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका ५२ जना प्रतिवादीहरू रहेका छन् । प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।
