
Rgp
Dbs
Jns
Rgp
Usb
Asb
Sgp
lnp
Rgp
Pbu
Lnp
Ggp
ksb
Rgp
Lks
Dus
Ggp


कञ्चनपुर । हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए । सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो।
अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए। इजरायली दूतावासका प्रतिनिधिले विपिनको शवमा इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै सम्मान व्यक्त गरेका थिए । तेलअभिभबाट सोमबार फ्लाइ दुबईमार्फत् काठमाडौं आइपुगेको विपिनको शव साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी पुर्याइएको थियो। त्यहाँबाट धनगढी उपमहानगरको शव वाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरसम्म लगिएको थियो ।
त्यस्तै मंगलबार बिहान घरबाट समाधिस्थल,महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो। शव यात्रामा पूर्व परराष्ट्रमन्त्री एनपी साउद, पूर्व सांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमती सहभागी रहेका थिए ।
