
ksb
Lnp
Rgp
Usb
Lks
Rgp
Sgp
Rgp
Ggp
Asb
Rgp
lnp
Jns
Dus
Ggp

lms

दाङ । घोराहीमा एक वडाध्यक्ष र इन्जिनियर सहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र उपमहानगरपालिकाकै कार्यरत इन्जिनियर प्रवीण रावत सहित नौ जना गए राति काठेकोलस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरुको साथबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको छ ।
त्यस्तै पक्राउ पर्ने अन्यमा घोराही-१८ का कृष्णबहादुर घर्ती,पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी,लंक बहादुर बुढा,सागर बुढा र राप्ती गाउँपालिका-२ का तेज प्रसाद आचार्य छन् । प्रहरीले पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु गरेको छ।
