
Rgp
Dus
Lks
ksb
Lnp
Rgp
Ggp
lnp
Asb
Usb
Sgp
Rgp
Jns
Rgp
Ggp

lms

दाङ । तिहार नजिकिएसँगै दाङ देउखुरीको गढवा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ ।
चाडपर्वको बेला अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरूको बिक्री वितरण बढ्ने र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई कडाइ गरिएको हो । अनुगमनसँगै बजार क्षेत्रका सडकपेटीमा फलफूल,तरकारी तथा अन्य सामान राखी बिक्री वितरण गर्ने व्यवसायीलाई सडक खाली गर्न निर्देशन दिइएको छ ।
गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालका अनुसार,चाडपर्वको समयमा म्याद सकिएका वस्तु ग्रामीण बजारमा पठाउने जोखिम रहने भएकाले पालिकास्तरमै निगरानी कडा पारिएको हो । अनुगमनका क्रममा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामान र लेबलविहीन उत्पादनहरु भेटिएका छन् ।
त्यस्तै पौड्यालले तिहार अवधिभर मासु पसल, मिठाई पसल र खाद्य व्यवसायहरुमा विशेष निगरानी राखिने बताए । उनका अनुसार,उपभोक्ताको स्वास्थ्य सुरक्षा सबैको जिम्मेवारी भएकाले यस अभियानमा सबै पक्षको सहकार्य आवश्यक छ ।
गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले स्वच्छ बजार र स्वस्थ उपभोक्ता बनाउन व्यवसायीलाई सचेत गराउँदै तालिम दिने र अनुगमनमा निरन्तर सहकार्य गर्ने योजना रहेको बताए । उहाँले भने,“निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड हो । कर छल्ने,व्यवसाय दर्ता नगर्ने वा उपभोक्ता ठग्ने कसैलाई पनि छुट छैन । म्याद सकिएका वस्तु बिक्री गर्ने अपराधको अन्त्य गर्नैपर्छ।”
त्यस्तै,गाउँपालिका संघ संस्था शाखाका प्रमुख सुरेश पौडेलले मापदण्ड विपरीत सञ्चालन भइरहेका, मूल्यसूची र साइनबोर्ड नराख्ने,दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई तत्काल सम्बन्धित वडा वा पालिकामा सम्पर्क गरी आवश्यक कागजात मिलाउन निर्देशन दिएको जानकारी दिए ।
गढवा गाउँपालिका वडा नं. ६ को बजार क्षेत्रमा शुक्रबार मात्र २८ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अखाद्य वस्तु,म्याद गुज्रिएका सामान र मापदण्ड विपरीत सञ्चालन भएका पसलहरुमा आवश्यक कारवाहीका साथै सडकपेटीमा बिक्री गर्नेहरूलाई कार्तिक १ गतेभित्र सडक खाली गर्न निर्देशन दिइएको हो ।
बजार अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,होटल व्यवसायी संघका प्रतिनिधि,ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी जवान,नगर प्रहरी तथा विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यसैबीच,शुक्रबार वडा कार्यालयमा गढवा गाउँपालिकाका जनप्रतिनिधि र सडकपेटीमा सामान राखी बिक्री वितरण गर्ने व्यापारीबीच छलफल भएको छ । छलफलमा असोज ३१ र कार्तिक १ गतेभित्र स्टक भएका सामान बिक्री गरी कार्तिक २ गते आइतबारदेखि सडकपेटी खाली गर्ने सहमति गरिएको छ ।
त्यस्तै छलफलमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,वडा नं.६ का वडाध्यक्ष वीरबहादुर आले मगर,गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,व्यापारी तथा सरोकारवाला पक्षहरुको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।
