
lnp
Ggp
Asb
Dus
Rgp
ksb
Jns
Ggp
Rgp
Rgp
Pbu
Lnp
Lks
Sgp
Rgp
Usb
Dbs


काठमाडौँ । जेनजी विद्रोहपछि नेपाल सेनाभित्र दुई वटा धार देखिएको भन्ने प्रचारबारे सेनाले जवाफ दिएको छ ।
शुक्रबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै सेनाको युद्धकार्य विभाग प्रमुख उपरथी अजुप जंग थापाले सेना एकढिक्का रहेको बताए । जेनजी विद्रोहपछि अन्तरिम सरकार बन्नुअघिको अवस्थामा माओवादीबाट समायोजन भएर आएका सेनाले गणतन्त्रको विरुद्धमा गए विद्रोह गर्ने चेतावनी दिएको भन्ने प्रचारबारे उपरथी थापाले भने, ‘सेना एकढिक्का छ ।’
त्यस्तै नेपाली सेना राष्ट्रको पक्षमा रहेको उल्लेख गर्दै भदौ २३ र २४ को प्रदर्शनपछि जेनजी अगुवाहरूसँग ‘अपरिहार्य’ सम्झेर छलफल गरिएको उपरथी थापाले बताए । उनले भने, ‘स्थिति थप जोखिम हुन नदिन छलफल अपरिहार्य थियो ।’ जेनजी विद्रोहपछि मेडागास्करमा सैनिक कु भएको तर्फ सङ्केत गर्दै उपरथी थापाले प्रश्न गरे, ‘अन्य मोडल अनुसार अघि बढेको भए के हुन्थ्यो ?’ रातोपाटी
