
Ggp
Usb
Dbs
ksb
Rgp
Sgp
Rgp
lnp
Jns
Lks
Lnp
Rgp
Pbu
Rgp
Ggp
Dus
Asb


दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवाञ्छित गतिविधि भएको देखिएमा वा शंकास्पद गतिविधि भएमा प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ ।
प्रहरीले घर,कोठा छोडेर कहीं कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी गराउन,आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम,थर, वतन,परिचय खुल्ने कागजात,फोटोसहितको अभिलेख राख्न तथा बहुमुल्य गर÷गहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजान र जानै परेमा चनाखो रहन पनि अनुरोध गरेको छ ।
त्यस्तै भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा त्यसउपर ख्याल पुर्याउन, यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसँग धेरै घुलमिल भई व्यक्तिगत गोपनीयता नखोल्न र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान पनि दाङ प्रहरीले अनुरोध गरेको छ ।
यस्तै सुन तथा डलर साट्ने नाममा झुक्याउन सक्ने भएकोले कुनै पनि कुराको लोभमा नपर्न र शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । आफ्ना व्यक्तिगत क्रियाकलाप सामाजिक सञ्जालबाट प्रवाह नगर्न साथै सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै दिपावली र छठको शुभकामना सहित जारी गरेको अपिलमा घर टोल सुरक्षाका लागि सबै मिली सिसिटिभी,सेक्युरिटी स्क्यानलगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन,चाड पर्वको नाममा कानुनद्वारा प्रतिबन्धित जुवा,तास नखेल्न र खेल्न नदिन,पटाका,भुईंचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानवीय,भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकोले यसको प्रयोग नगर्न, नशालु वा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन,विभिन्न चिठ्ठाहरुको नामबाट ठगी भइरहेकोले त्यस्ता व्यक्ति तथा संस्थाहरुबाट सजग रहन,कुनै पनि प्रकारको उच्छृंखल,अबाञ्छित तथा आपराधिक क्रियाकलाप नगर्न तथा अपराध नियन्त्रण तथा अपराधरहित समाजको निर्माणमा प्रहरीलाई सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय दाङले शंकास्पद गतिविधि भएमा प्रहरी कन्ट्रोल रुमको १०० र ९८५७८९०१०१ तथा प्रहरी सञ्चार कक्षको ९८५७८९०१८७ र सूचना अधिकृत एवं प्रवक्ताको मोवाइल नम्बर ९८५७८४५१११ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।
