
Lnp
Ggp
Pbu
Unsku
cjs
Rgp1
sbs
pku
Sgr
Djs
Pes
Srbpu
Rgp
Gfs

Tsm
Rgu
nsb
Ksm
Gst
Sls
Vor
Ssm
Rgu
Wsp
Rsb
Hal
Asm
Rgs
Ggd
Bbu
Sbs
Pvg
Bbbpu

Gsb
Rpp
Pls
Syp
Bml
sab
Ptm
Jmb
bbt
Mks
Abd
Jmb
Rmb
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ। सभापति शेरबहादुर देउवा र आरजु राणा देउवानिकट नेविसंघका केहीले आज मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जाहेरी दिएका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय- क्याम्पसका पोशाकमै बोलाएर मानव ढाल बनाएको र राष्ट्रिय सम्पदा तथा सरकारी र निजी घर आगजनी गरेको भन्दै त्यसमा नेतृत्वदायी भूमिकामा मेयर बालेन र हामी नेपालका संस्थापक सुदन रहेको भन्दै नेविसंघको यो समूहले जाहेरी दिएको हो ।
मेयर बालेन र हामी नेपालका संस्थापन सुदनविरुद्ध जाहेरी लिएर नेविसंघका मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका थिए।
यो जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन।
त्यस्तै यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो। आयोगले प्रहरीमै उक्त जाहेरी फिर्ता गरेको थियो।
