
Ssb
Gsb
Ppu
Ksb
Ksb
Ssb
Rks
Rsb
Usb
Nsb
Csb
Bsn
Tgp
Ksb

Hl1
Usb
Gsb
Tsb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ। सभापति शेरबहादुर देउवा र आरजु राणा देउवानिकट नेविसंघका केहीले आज मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जाहेरी दिएका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय- क्याम्पसका पोशाकमै बोलाएर मानव ढाल बनाएको र राष्ट्रिय सम्पदा तथा सरकारी र निजी घर आगजनी गरेको भन्दै त्यसमा नेतृत्वदायी भूमिकामा मेयर बालेन र हामी नेपालका संस्थापक सुदन रहेको भन्दै नेविसंघको यो समूहले जाहेरी दिएको हो ।
मेयर बालेन र हामी नेपालका संस्थापन सुदनविरुद्ध जाहेरी लिएर नेविसंघका मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका थिए।
यो जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन।
त्यस्तै यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो। आयोगले प्रहरीमै उक्त जाहेरी फिर्ता गरेको थियो।
