
Lnp
Pbu
Asb
Rgp
Ggp
Rgp
ksb
Dus
Rgp
Sgp
Dbs
lnp
Rgp
Ggp
Lks
Jns
Usb


दाङ । नेपाल प्रेस युनियन दाङ क्षेत्र नम्बर १ ले शुक्रबार दसैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले नेपालमा हुने हरेक परिवर्तनका आन्दोलनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । उनले पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगका रूपमा मान्यता दिएको भन्दै त्यसअनुरूप पत्रकारहरूले आफ्नो धर्म पालन गर्नुपर्नेमा जोड दिइन् । शाहले निष्पक्ष, सत्य र तथ्यपरक सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएको भन्दै सबै पत्रकारलाई एकजुट भई अगाडि बढ्न आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्व उपाध्यक्ष चुमा आचार्य,नेपाल प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे,प्रेस सेन्टर लुम्बिनी प्रदेश सदस्य शिवु खनाल,युगबोध राष्ट्रिय दैनिकका राधेश्याम गुप्ता,सिधापत्र डटकम अनलाइन पत्रीकाका निर्देशक भानुदेव जोशी,रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव,रेडियो साझा आवाजका निराजन यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल प्रेस युनियन दाङका जिल्ला उपाध्यक्ष तथा क्षेत्रीय संयाेजक किरण विक्रम शाहकाे अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य लिला शाहकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपाल प्रेस युनियन दाङ -१ का उपाध्यक्ष तथा जिल्ला सदस्य टेक बहादुर पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमकाे सञ्चालन जिल्ला सदस्य तथा क्षेत्रीय सचिव प्रिया स्मृती गजमेरले गरेका थिए ।
