Sidha Patra बिहिबार, आश्विन १६, २०८२

झापा । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर –११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् । दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन् ।

आज बिहान साढे ९ बजे विराटनगरबाट काँकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १-०१-००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका–६, गिरिबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा,६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा छन् । मनसुइ र बिनुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङ,विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल,पाँचथर कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बू, झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती,२३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय भतिजा मेङ्सो लिम्बू पनि घाइते भएका छन् ।

यस्तै विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन् । उनीहरूलाई हात, खुट्टा र अनुहारमा चोट लागेकाले सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइतेहरूलाई बीएन्डसी अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]