
Dus
Sgp
Asb
Lks
Rgp
Usb
Rgp
Rgp
Jns
lnp
Rgp
Ggp
ksb
Lnp
Ggp

lms

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलाई जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई भेटेकी छन् ।
आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्दै छिन् । जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् ।
त्यस्तै नागर्जुन-३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई पनि भेट्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि देखिएका थिए ।
यस्तै प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरुको सम्झनामा दसैँमा टीका नलगाने बताइसकेकी छन् ।
