Sidha Patra मंगलबार, आश्विन १४, २०८२

काठमाडाैं । देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ६ जना मानिस पक्राउ परेका छन् । रुपन्देही,मकवानपुर,बर्दिया र इलामबाट प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ६ जनालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई स्कुटर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, मकवानपुरको बकैया गाउँपालिका–४ तुलसीपुरबाट ३१ वर्षीय रोजित लामिछाने खैरो हेरोइन जस्तो देखिने ५१० मिलिग्रामसहित पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरमा भारतबाट नेपालतर्फ पैदल आएका २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू ब्राउनसुगर जस्तो देखिने १ ग्राम १५० मिलिग्रामसहित पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै,इलाम नगरपालिका वडा नम्बर –८ तिल्केनी मोडस्थित सडकबाट ३१ वर्षीय विशाल आचार्य ब्राउनसुगर जस्तो देखिने ३४० मिलिग्रामसहित पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]