
pku
Lnp
Sgr
Pbu
Rgp1
Ggp
Gfs
Srbpu
Rgp
cjs
Djs
Pes
sbs
Unsku

Vor
Gst
Wsp
Rgu
Ksm
Asm
Tsm
Ggd
Sls
nsb
Rsb
Pvg
Sbs
Hal
Bbu
Rgs
Ssm
Rgu
Bbbpu

Gsb
Jmb
Jmb
bbt
Bml
sab
Abd
Mks
Pls
Rmb
Syp
Rpp
Ptm
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाएका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दैनौँ । हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ ।’
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँरु के सोचेका छौँ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’
जेन–जी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको ओलीको भनाइ थियो। उनले आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिए । आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओली कहीँ भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौती दिए।
त्यस्तै उनले भने, ‘यो सरकारलाई म भन्न चाहन्छु–यो सरकारले मैले बोलेको अभिव्यक्तिहरू, मैले गरेका कामहरू प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । अरूको पनि ल्याओस् । उहाँहरूका पनि ल्याओस् । मैले भनेका सम्पूर्ण कुराहरू यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्याओस् । प्रकाशित गरोस कुराहरू । कर्मचारीलाई दिएको निर्देशनहरू रेकर्डट छन् । ती कुराहरू बाहिर ल्याओस । प्रहरीलाई दिएको निर्देशन रेकडेट छन । बाहिर ल्याओस् । अरू क्षेत्रमा गरेका कामहरू रेकडेट छन् । बाहिर ल्याओस् ।’ अध्यक्ष ओलीले एमालेले सधैंँ सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको पनि उनले दोहोर्याए ।
