
Rgp
Ggp
Rgp
Usb
Dus
Lnp
ksb
Rgp
Asb
lnp
Jns
Sgp
Lks
Rgp
Ggp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले मजदुर दुर्घटना बीमाअन्तर्गत एक घाइते मजदुरलाई बीमा रकम प्रदान गरेको छ ।
गत महिना काम गर्ने क्रममा दुर्घटनामा परि घाइते भएका वडा नं.१ पाखापानी निवासी विष्णु कवरलाई गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बिहीबार घरमै पुगेर एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
मजदुर बीमा कार्यक्रममा पालिकाका सबै मजदुरलाई सहभागी गराउने उद्देश्यले निरन्तर पहल भइरहेको बताउँदै अध्यक्ष विष्टले मजदुरको हक–अधिकार सुनिश्चित गर्न बीमा अभियानलाई अझ प्रभावकारी बनाइने बताए ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र डा. राजकृष्ण श्रेष्ठको व्यक्तिगत पहल तथा खर्चमा हालसम्म ८ सय ७८ जना मजदुरहरुको निःशुल्क दुर्घटना बीमा गरिसकिएको छ।
