
Dbs
Ggp
Ggp
Lnp
Sgp
Rgp
Rgp
lnp
Dus
ksb
Asb
Jns
Lks
Usb
Pbu
Rgp
Rgp


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय,व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गरेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले प्रभावित कार्यालयको अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिएका हुन् । यसअघि अर्घाखाँची, प्यूठान, दाङ र बाँके जिल्लामा अनुगमन गरिसक्नुभएका उहाँले बिहीबार भैरहवा र बुटवलका विभिन्न स्थानकाे निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले घटनाको न्यायिक छानबिन गरेर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरे ।`भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ । दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ´उनले भने-`आन्दोलनको नाममा सरकारी,सार्वजनिक र निजी सम्पत्तिलाई ध्वस्त पार्ने काम भएको छ । यस्तो अराजक गतिविधिको विरोध गर्दछौं ।´
त्यस्तै मुख्यमन्त्री आचार्यका अनुसार सेवा प्रवाहलाई पुरानै अवस्थामा फर्काउन कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन प्रदेश सरकारले पहल थालेको छ ।`आगजनी, तोडफोड र लुटपाटका कारण सेवाग्राही र कर्मचारीको मनोबल घटेको छ । त्यसलाई पुनः उठाउन सरकारले अनुगमनलाई निरन्तरता दिएको हो´उनले भने-`अत्यावश्यक सेवा दिन अस्थायी रुपमा टेन्ट टाँगेर भए पनि काम अघि बढाइएको छ । कतिपय स्थानीय तह र कार्यालयले सेवा सुरु गरिसकेका छन् ।´
यस्तै रुपन्देहीमा आन्तरिक राजस्व कार्यालय, सिद्धार्थनगर नगरपालिका,नापी कार्यालय,नगर प्रमुख र उपप्रमुखको घर,युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको घर,जिल्ला ट्राफिक कार्यालय भैरहवा,भैरहवा भन्सार कार्यालय,मणिग्रामस्थित वालकृष्ण खाडको निवास,ड्रिमल्याण्ड होटल,पूर्व मुख्यमन्त्री लिला गिरीको निवास,नेकपा एमाले प्रदेश पार्टी कार्यालय,इलाका प्रशासन कार्यालय,बुटवल उपमहानगरपालिका,उच्च अदालत बुटवल,प्रदेश प्रमुख कार्यलय,प्रदेश लोकसेवा आयोग, बेलबास स्थित नापी कार्यालय,मालपोत कार्यालय, यातायात कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।
त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार जेन-जी आन्दोलनका क्रममा प्रदेशभर १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । यस्तै ६७ निजी सम्पत्ति,५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी कार्यालयमा पनि तोडफोड तथा आगजनी भएको उल्लेख छ ।
