
Ssb
Tgp
Csb
Ssb
Ppu
Gsb
Usb
Ksb
Rsb
Rks
Bsn
Ksb
Nsb
Ksb

Gsb
Hl1
Usb
Ssb
Tsb

Rgu
ptl
Nps
दाङ । लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवाको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आज मंगलबार उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा प्रमुख चौधरीले बिरामीको अवस्थालाई ख्याल गर्दै अत्याधुनिक सेवाको आवश्यकता बढिरहेकोले ल्याब सेवालाई व्यवस्थित गराइएको उल्लेख गरे । उनले लमही नगरपालिकाले नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको पनि बताए ।
लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले अत्याधुनिक ल्याब सेवाको उद्घाटन कार्यक्रममा अब बिरामीले महँगो शुल्क तिरेर बाहिरी संस्थामा चेकजाँच गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरेकि छिन् । उनले नगरवासीलाई लक्षित गर्दै अस्पतालमै सर्वसुलभ दरमा सेवा उपलब्ध हुने भएकाले स्वास्थ्य उपचारमा सहजता आउने बताइन् । उपप्रमुख योगीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी कार्यक्रम ल्याउने प्रतिवद्धता पनि जनाइन् ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमही अस्पतालमा स्थापना गरिएको अत्याधुनिक ल्याब सेवा जिल्लामै उदाहरणीय हुने दाबी गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत देवकोटाले ल्याब सेवामार्फत स्थानीयले भरपर्दो र सहज उपचार सुविधा पाउने विश्वास व्यक्त गरे । उनले लमही अस्पतालले ल्याब सेवामा गुणस्तरीय सेवा प्रदान गर्दै जाने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।
लमही नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष सुवास न्यौपानेले लमही अस्पताल क्रमिक रुपमा सुधारोन्मुख हुँदै गएको बताए । अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका उनले दैनिक बिरामीको चाप बढ्दै गएकाले भौतिक पूर्वाधार विस्तारमा समिति र नगरपालिकाले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
अस्पताल व्यवस्थापन समितीका सदस्य अजय न्यौपानेले अस्पतालले प्रदान गर्दै आएको सेवाप्रति स्थानीयवासीको विश्वास बढ्दै गएको बताए । आगामी दिनमा अझ प्रभावकारी सेवा सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सदस्य न्यौपानेको जोड रहेको छ ।
लमही अस्पतालले थाईराइडका बिरामी पत्ता लगाउन अहिले लुमिनोमेट्रीक इम्युनोएससे ( क्लिया ) नामक नयाँ प्रविधि भित्र्याएको छ । अब देउखुरी क्षेत्रमा रहेका थाइराइडका बिरामीहरुलाई चेकजाँचका लागि बाहिर जानू पर्ने बाध्यता हट्ने भएको छ ।
लमही अस्पतालका ल्याब टेक्सिनिसियन निरीक्षक शंकर भण्डारीले दिएको जानकारी अनुसार लुमिनोमेट्रीक इम्युनोएससे टेक्नोलोजी मार्फत अब लमही अस्पतालमा थाइराइड हर्मोनको चेकजाँच हुनेछ । यो टेक्नोलोजीबाट क्यान्सर मार्कर, कार्डिएक मार्कर,भिटामिन डि,भिटामिन वि १२, सिआरपि,एलडिएच,अटो इम्युनोडिजिज सम्बन्धि पनि यो मेसिनबाट चेकजाँच गर्न सकिन्छ तर अहिले थाइराइड मात्र चेकजाँच हुँदै आएको छ । अन्य चेकजाँचका लागि केमिकल ल्याएपछि सुरुवात गरिने भएको छ ।
त्यस्तै उक्त प्रविधिबाट एक पटकमा १५ वटा फरक चेकजाँच हुनुका साथै १ सय ४४ जना बिरामीको समेत एकै पटक चेकजाँच गर्न सकिन्छ ।
