आलोक भाबुक/गढवा मंगलबार, आश्विन ०६, २०८२

दाङ । नेकपा माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको गढवामा आयोजित कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले बताएका छन् ।

वडा नं. ६ को बैठकमा बोल्दै उनले जेनजी आन्दोलनलाई ऐतिहासिक र आवश्यक ठहर गर्दै देशमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरता अन्त्य गर्न यस्तो आन्दोलन अपरिहार्य भएको धारणा राखे । उनले हालको व्यवस्थालाई कमजोर बनाउन बाह्य शक्तिहरूले घुसपैठ गर्ने प्रयास गरे पनि त्यो असफल भएको बताउँदै माओवादी केन्द्रका नेता–कार्यकर्ता कठिन परिस्थितिमा पनि सिद्धान्तप्रति अडिग रहेको सन्देश दिएको उल्लेख गरे ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले विकास अबरुद्ध हुँदा बिद्रोह सुरु हुने र त्यसैको परिणामस्वरूप जेनजी आन्दोलन जन्मिएको बताए । उनले कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान कार्यान्वयन र सुशासनतर्फ अघि बढ्न नसकेर भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाए ।

थारुले माओवादी सरकारले आफ्नै नेतालाई कानुनको कठघरामा उभ्याएर भ्रष्टाचारविरुद्धको प्रतिबद्धता देखाएको स्मरण गर्दै एमाले–कांग्रेस भने भ्रष्टाचारमा डुबेको र तानाशाही ढंगले अघि बढिरहेको आरोप लगाए । उनले जेनजी पुस्ताले सामाजिक सञ्जालमार्फत देशको वास्तविकता बुझेर सडकमा समर्थन जनाएको स्पष्ट पारे ।

बैठकमा माओवादी केन्द्रका नेता तथा ६ नं. वडाध्यक्ष वीरबहादुर आलेमगर,गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरे,वडा कमिटी अध्यक्ष मोहन राना लगायत पदाधिकारीहरुको उपस्थिति थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]