
Gfs
sbs
pku
Rgp
Srbpu
Rgp1
cjs
Sgr
Lnp
Unsku
Pes
Djs
Pbu
Ggp

Sls
Rgu
Bbu
Bbbpu
Wsp
Pvg
Rsb
nsb
Hal
Vor
Ksm
Ggd
Rgu
Gst
Asm
Tsm
Ssm
Rgs
Sbs

bbt
Rpp
Jmb
Gsb
sab
Pls
Mks
Abd
Syp
Bml
Rmb
Ptm
Jmb
दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ समितिको पदाधिकारी बैठक आइतबार मौरीघाटमा सम्पन्न भएको छ।
बैठक गाउँ समितिका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा पछिल्लो जेन–जी आन्दोलनपछि उत्पन्न समसामयिक राजनीतिक परिस्थिति र त्यसका चुनौतीबारे समीक्षा गरिएको थियो।
साे अवसरमा प्रमुख अतिथि थारुले जेन–जी आन्दोलनले उठाएका धेरै जसो मुद्दा माओवादी केन्द्रकै एजेन्डासँग मेल खाने उल्लेख गर्दै शासकीय स्वरुप,सुशासन र भ्रष्टाचारविरोधी अभियान लगायतका विषय जनताबाट अनुमोदन हुने अवस्था आएको बताए । उनले आन्दोलनलाई अवसरका रूपमा लिएर पार्टीले नयाँ उपलब्धि हासिल गर्नुपर्ने आवश्यकता औंल्याए ।
सरकारले आन्दोलनप्रति देखाएको बलपूर्वक दमनको आलोचना गर्दै थारुले आन्दोलनबाट प्राप्त उपलब्धि जोगाएर थप उपलब्धि हासिल गर्ने लक्ष्यका साथ पार्टी अघि बढ्ने स्पष्ट पारे । साथै,वैदेशिक हस्तक्षेपको खतरा बढिरहेको भन्दै सबै सचेत रहनुपर्नेमा जोड दिए ।
सो अवसरमा अन्य वक्ताहरूले पार्टी नेतृत्वले आत्मआलोचना गर्दै जीवनशैली,व्यवहार र कार्यशैली सुधार्दै अघि बढ्नुपर्ने धारणा राखे । बैठकले जेन–जी आन्दोलनमा घुसपैठका कारण भौतिक संरचनामा क्षति पुगेको ठहर गर्दै ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, आन्दोलनको उद्देश्य सार्वजनिक तथा निजी संरचना नष्ट गर्ने नभई बाह्य घुसपैठका कारण क्षति भएको बैठकको निष्कर्ष रहेको छ । आन्दोलनमा संरचना जोगाउन भूमिका खेल्ने सम्पूर्णलाई बैठक मार्फत पार्टीले विशेष धन्यवाद प्रकट गरेको छ।
बैठकमा पार्टी केन्द्रीय सदस्य होमप्रसाद शर्मा, लुम्बिनी प्रदेश सचिवालय सदस्य टोपबहादुर कार्की, राप्ती गाउँपालिका अध्यक्ष एवं प्रदेश समिति सदस्य प्रकाश विष्ट,प्रदेश समिति सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज श्यामेस चौधरी, सह–इन्चार्ज नारायण शर्मा लगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा पार्टीका विभिन्न कमिटीका पदाधिकारी र जनवर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण गाउँपालिका सचिव जगत थापाले गरेका थिए ।
