
Ksm
Pbu
Rbs
Gisld
mbd
Sds
Anm
gst
Gmk
Mbdvs

Hal
Asm
Rsb
Vor
Wsp
Rgs
Tsm
Ggd
Bbu
Gst
Sbs
Rgu
Pvg
Ksm
Ssm
nsb
Sls
Rgu
Bbbpu

Ptm
Rmb
bbt
Syp
Jmb
Jmb
Abd
Bml
Pls
Gsb
Mks
Rpp
sab
रुपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिकाले अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यन्न वितरण सबै वडामा चल्नेछ । वडा नं. ४ को सीमानगरमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले खाद्यन्न वितरण सुरु गरे। शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताए। कोभिड-१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे ।नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिशको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।
