Sidha Patra शुक्रबार, चैत्र १४, २०७६

रुपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिकाले अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यन्न वितरण सबै वडामा चल्नेछ । वडा नं. ४ को सीमानगरमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले खाद्यन्न वितरण सुरु गरे। शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताए। कोभिड-१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पु‍र्याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे ।नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिशको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]