Sidha Patra शनिबार, आश्विन ०३, २०८२

काठमाडौं । समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ ।

त्यस्तै समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार ज्यानै लिनेसम्मका धम्की दिएको पत्रकार शाक्यले बताएका छन् । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यलाई शुक्रबार विहानदेखि बस्नेत र उनको समूहले फोन र म्यासेजमार्फत् धम्की दिएको थियो ।

यस्तै बस्नेत स्वयं र उनका सहयोगी व्यक्तिले आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमा जनाएको छ । घटनाबारे महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरिसकेको छ । ‘समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बारम्बार धम्की आएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ । यो घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ । पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ ।’ महासंघले विज्ञप्तीमा भनेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]