
Dbs
Dus
Lks
Ggp
Rgp
Asb
lnp
Ggp
Sgp
Pbu
Lnp
Jns
Usb
Rgp
ksb
Rgp
Rgp


काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर -७ स्थित शिव चोकमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।
गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो । पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। आफूमाथि के कारणले हतियार प्रहार गरियो भन्नेबारे अनविज्ञ रहेको उनले प्रहरीलाई बताएकी छन् ।
यस्तै तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको खुलेको छ । अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
