
Rgp
Rgp
Rgp
Lnp
Asb
Rgp
Ggp
lnp
Jns
Sgp
Dus
ksb
Usb
Lks
Ggp

lms

काठमाडौं । जेनजीको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही कार्य सुरु गरेको छ ।
भदौ २४ गतेको आगजनीबाट बचेका केही कुर्सी,टेबुल र त्रिपालको जोहो गरेर सर्वोच्चले खुला आकाशमुनि पालभित्र इजलास सञ्चालन गरेको हो । सुरक्षाकर्मीको निगरानीबीच पालभित्र एकल इजलास बसेर बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गरिएको हो ।
त्यस्तै बिहीबार करिब आधा घण्टाको अवधिमा दुईवटा इजलास सञ्चालन भएका थिए । पहिलोमा न्यायाधीश सपना प्रधान मल्लले थुनामा रहेका फिरोज आलमको मुद्दामा फाइल मगाउने आदेश दिइन् । त्यसपछि त्यही पालभित्रै अर्को इजलास बसेर अर्को बन्दीप्रत्यक्षीकरण निवेदनको संक्षिप्त सुनुवाइ सम्पन्न गरियो ।
अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरण जस्ता अत्यावश्यक मुद्दाको सुनुवाइ भने अनिवार्य गर्नुपर्ने ठहर गरेको छ । त्यसैका आधारमा पाल खडा गरेर इजलास सञ्चालन थालिएको हो । अरु मुद्दाहरु तत्काल सुरु गर्न सम्भव नभएको र दशैं बिदापछि मात्रै थप सेवा विस्तार गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
यस्तै आगजनीका कारण सर्वोच्चका अधिकांश फाइल जलेका छन् । त्यस्तै सूचना–प्रविधि प्रणालीको सर्भरमा क्षति पुगेकाले अनलाइनसँग सम्बन्धित सबै काम अवरुद्ध छन् । यसले गर्दा अदालतले सुरुमा सीमित प्रकृतिका मुद्दामात्र सुनुवाइ गर्ने जनाएको छ ।
