
Gfs
Djs
Rgp1
Srbpu
Sgr
Pbu
Ggp
Pes
cjs
sbs
Rgp
Lnp
pku
Unsku

Rgu
Hal
Asm
Bbbpu
Bbu
Ggd
Ssm
Rgs
Gst
nsb
Vor
Wsp
Ksm
Tsm
Pvg
Sls
Sbs
Rgu
Rsb

Syp
Rmb
Jmb
Mks
Jmb
Bml
Gsb
Ptm
Pls
sab
bbt
Rpp
Abd
बुटवल । जेनजी पुस्ताका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
पूर्वप्रतिनिधिसभा सदस्य एवं काङ्ग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् ।
जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ । जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ ।
त्यस्तै मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं,बुद्धि तामाङ,मिसल सारु मगर,पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने,विनोद महर्जन,दिल नारायण तामाङ, प्रविन कुलुङ,उमेश महत,निता गौतम,शौरभ किशोर श्रेष्ठ,सुवास बोहोरा र निरज पन्त लगायतको नाम समावेश गरिएको छ ।
यस्तै जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।अनलाइनखबर

