
Rgp
Rgp
Asb
Ggp
Rgp
Ggp
Jns
Usb
ksb
Sgp
Dus
lnp
Rgp
Lks
Lnp

lms

दाङ । अर्जुन खोलाबाट आज बिहान फरार सात जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ ।
नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले बाँकेको बाल सुधार गृहबाट भागेका पाँच जना र तुलसीपुर कारागारबाट भागेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेका अनुसार फरारमध्ये कोही पैदल हिँडिरहेका थिए भने केही विभिन्न सवारी साधन मार्फत फर्कँदै गर्दा भेटिएका हुन् ।
त्यस्तै पक्राउ परेकालाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। बिहीबार ६ जना र शुक्रबार थप एक जनालाई नियन्त्रणमा लिइएको हो ।देशसञ्चार
