
Dbs
Pbu
Ggp
Rgp
Lks
Rgp
Sgp
ksb
Asb
Dus
lnp
Rgp
Rgp
Jns
Usb
Ggp
Lnp


डडेलधुरा । डडेल्धुरा कारागारबाट २ दिनअघि सामूहिक रुपमा भागेका कैदीबन्दीमध्ये ६१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहानसम्म ८५ जना फरारमध्ये ६१ जनालाई नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाइसकेको हो ।
बुधबार बिहान करिब ८ बजे डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर –५, कीर्तिपुरस्थित कारागारमा आगजनी र तोडफोड गर्दै ८५ जना कैदी फरार भएका थिए। पक्राउ परेकालाई कारागारमा राखिएको र अहिले कारागारमा १०३ जना कैदीबन्दी रहेको प्रहरीले जनाएको छ। बाँकी फरारको खोजी कार्य जारी छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जिल्लाबाट फरार भएका कैदी समेत पक्राउ परेका छन्। डोटीस्थित बाल सुधार गृहबाट फरार भएका २ जनालाई नियन्त्रणमा लिई डडेल्धुरा प्रहरीको बाल निगरानी कक्षमा राखिएको र कञ्चनपुर कारागारबाट भागेका एक कैदीलाई इलाका प्रहरी कार्यालय जोगबुढाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले फरार कैदीको खोजी अझै जारी रहेको र पक्राउ परेकालाई सम्बन्धित जिल्लामा बुझाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।
