
Lnp
Pbu
Rgp
Rgp
Lks
Ggp
Jns
Rgp
Sgp
Usb
Ggp
lnp
ksb
Rgp
Dbs
Asb
Dus


काठमाडौँ । जेन-जी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरुले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा उनीहरुको मृत्यु भएको थियो ।
प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापासहित ३ जना रहेका छन् । वरिष्ठ हवल्दार पवित्रा गौलीकाे आईसीयूमा उपचार भइरहेको छ ।
जेन-जी प्रदर्शनकारीहरुले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरुको मृत्यु भएको बताइएको छ । आगजनी सुरु भएपछि त्यहाँ फसेका केही प्रहरीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
