
Jns
Ggp
Lks
Rgp
Ggp
lnp
Asb
Rgp
Dus
ksb
Sgp
Rgp
Usb
Rgp
Lnp

lms

काठमाडौं ।चर्को विरोध र १९ जनाले ज्यान गुमाएपछि सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खोलेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी छन् । मन्त्रिपरिषदले निर्णय गरे सँगै सामाजिक सञ्जालहरु सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको तर यहीँ कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरु खुलाउने निर्णय गरिएको मन्त्री गुरुङल बताए ।
प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।
यो कुरा डेढ वर्षदेखि भनिरहेको सूचीकृत गर नेपालको कानुन मान भनेका थियौं । हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्ने कुरा हो प्रधानमन्त्री ओलीले भनेका थिए, त्यसमा हमला भयो । सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ? राष्ट्रको अपमान गर्नेगरी उनीहरुलाई खोलिदिने त ?
त्यस्तै Gen Z को प्रदर्शनका कारण काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलकै दबाब थेग्न नसकेपछि सरकार निर्णयबाट पछि हटेको हो ।
यस्तै सूचना,सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।
