
Usb
Lnp
Sgp
ksb
Rgp
lnp
Ggp
Jns
Rgp
Ggp
Rgp
Lks
Asb
Dus
Rgp

lms

दाङ । देउखुरीको गढवा गाउँपालिका,ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्था बीच साझेदारीमा अति विपन्न,असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता अनुसार आईतबार गढवा गाउँपालिका वडा नम्बर ४ की प्रमिला चौधरीको घरको सिलान्यास भएको छ ।
गढवा गाउँपालिकामा यस कार्यक्रम अन्तर्गत ४ वटा घर निर्माण हुने २०८२ भदौ ५ गते गढवा गाउँपालिकामा त्रिपक्षिय सम्झौता भएको थियो। यस अन्तर्गत गढवा गाउँपालिकाभित्र विभिन्न वडामा घर निर्माण गरिनेछ ।
सम्झौताअनुसार गढवा गाउँपालिकामा सन २०२६ डिसेम्बर भित्र चारवटा घर निर्माण सम्पन्न गरिनेछ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको परियोजना अन्तर्गत ४ लाख २५ हजार रुपैयाँ, गढवा गाउँपालिकाको कार्यालयबाट २ लाख बराबरको सामग्री सहयोग, र घरमुलीको जनश्रमदान गरी ६ लाख ७८ हजार बराबरको लागतमा “एल आकारको घर” निर्माण गरिने केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिए ।
त्यसैगरी,परियोजनामार्फत गढवा गाउँपालिकाभित्रका १ सय ३० परिवारलाई लालपुर्जा प्राप्तिका लागि आवश्यक प्रक्रियाबारे साक्षरता अभिमुखी कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । घर निर्माण हुन लागेकी प्रमिला चौधरी एकल महिला हुन् । छोरीको पढाइ खर्च जुटाउन उनि मजदुरी गर्दै आएकि छिन् । मजदुरीबाहेक अन्य आयस्रोत नभएकोले यो घर निर्माणले आफ्नो जीवनमा ठूलो राहत हुने उनले बताइन् ।
यस्तै, गढवा गाउँपालिका वडा नं. ५ कक्रहवाकी जि.वि.बिकको पनि आवास निर्माण कार्य सुरु भैसकेको छ । माइतीले दिएको एलानी जमिनमा झुप्रो घरमा बस्दै आएकी बिकले अहिलेसम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताइन् । वर्षातको समयमा पानी चुहिएर रातभर सुत्न नसक्ने र सर्प लगायतको डर हुने गरेको उनले दुःखेसो पोखिन् ।
सिलान्यास कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले “गाउँपालिकामा विपन्न, असहाय र एकल महिलाहरूका लागि सुरक्षित आवास निर्माण गर्नु हाम्रो पहिलो प्राथमिकता भएको बताए । घर भनेको केवल बस्ने ठाउँ मात्र होइन, यो सम्मान, सुरक्षाको अनुभूति र उज्यालो भविष्यको आधार हो । सुरक्षित आवासले आमाबाबुको सपना पूरा गर्न सन्तानलाई सहज वातावरण दिन्छ,महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउँछ,र समाजलाई समावेशी र न्यायपूर्ण बनाउन मद्दत पुर्याउँछ । गढवा गाउँपालिका कुनै पनि नागरिक आश्रयविहीन नहोस् भन्ने लक्ष्यसहित अगाडि बढिरहेको छ पालिका अध्यक्ष पोख्रेलले भने । यो अभियानले विपन्न वर्गलाई मात्र होइन, सम्पूर्ण गाउँपालिकामा समावेशी विकास र सामाजिक न्यायको आधार बलियो बनाउनेछ ।”
त्यस्तै सिलान्यास कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरी,गाउँपालिका गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा,कार्यक्रम संयोजक पार्वती बस्नेत,टोल बिकास सस्थाका अध्यक्ष मालती आचार्य,स्थानीयहरुको उपस्थितिमा घरको सिलान्यास गरिएको छ ।
