
Asb
Ggp
Dbs
Rgp
Rgp
Lnp
lnp
Jns
Ggp
ksb
Lks
Rgp
Dus
Rgp
Pbu
Sgp
Usb


दाङ । दलित सशक्तिकरण अभियान गढवा–६ को आयोजनामा १५ दिने निःशुल्क डल,कुसन तथा गुडिया बनाउने तालिम सनिवार गढवामा सम्पन्न भएको छ।
‘सिप सिकौँ,आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सो तालिममा स्थानीय महिलाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो। तालिममा सहभागी महिलाहरुले डल,कुसन तथा गुडिया बनाउनका लागि आवश्यक सामग्री,प्रविधि र डिजाइन सम्बन्धी विस्तृत ज्ञान हासिल गरेका छन् ।
देउखुरी क्षेत्रमा डल–कुसन बनाउनका लागि प्रख्यात तथा अनुभवी प्रशिक्षक सीता चौधरीले १५ दिनसम्म निरन्तर प्रशिक्षण दिइएकी थिइन् । चौधरीले महिलाहरुलाई साधारण सिलाई–कटाईदेखि लिएर आकर्षक ढंगले उत्पादन गर्ने सीप सिकाएको जानकारी दिइन् ।
गढवा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष शान्ती चौधरीले तालिमले दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उनले भनिन् – “सिप सिकेर महिलाहरूले आफ्नो जीवनस्तर उकास्ने अवसर पाएका छन्। अब यसलाई व्यवहारमा उतारेर स्वरोजगारतर्फ अघि बढ्न सक्ने छन्।”
त्यस्तै,गढवा गाउँपालिका स्तरीय सरकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले महिला सशक्तिकरणमा यस्ता तालिमको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले भने– “समाजमा आर्थिक रुपले सबल हुन महिलाले सीप सिक्नु अत्यावश्यक छ । यसले घर–परिवार मात्र होइन,सम्पूर्ण समाजलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ।”
त्यस्तै तालिममार्फत सहभागी महिलाहरुले सिकेको सीपलाई व्यवहारमा उतार्दै घरेलु आय–आर्जन गर्ने र परिवारलाई सहयोग गर्ने अपेक्षा लिइएको छ। तालिमपछि उनीहरुले आफैं बनाएका डल,कुसन र गुडियाहरुको प्रदर्शनी समेत गरिएको थियो,जसले उनीहरुलाई थप आत्मविश्वासी बनाएको थियो।
दलित सशक्तिकरण अभियान गढवा–६ का पदाधिकारीहरुले तालिमले महिलाहरुलाई स्वरोजगारमा जोड्ने अवसर मिलेको बताउँदै आगामी दिनमा अझै धेरै सीप विकास कार्यक्रम ल्याइने जानकारी दिएका छन् ।
