
Ggp
Jns
Asb
Ggp
Rgp
Rgp
Rgp
Lnp
Rgp
Dus
ksb
Lks
Usb
lnp
Sgp

lms

दाङ ।देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक स्थलहरुको संरक्षण,प्रवर्द्धन र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताएका छन् ।
शनिबार राप्ती गाउँपालिका वडा नम्बर –५, पहरुवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले भने, “शिवसवरी धाम जस्ता धार्मिक स्थलहरू हाम्रो पहिचान, आस्था र संस्कृतिका धरोहर हुन् । यसलाई व्यवस्थित गर्दै धार्मिक पर्यटनको केन्द्र बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ।” उनले धार्मिक तथा सांस्कृतिक सम्पदाले समाजलाई एकताको सूत्रमा बाँध्ने भएकाले यसको संरक्षण सबैको सामूहिक जिम्मेवारी हुने उल्लेख गरे ।
सो अवसरमा सम्पन्न अधिवेशनले मिश्रुलाल चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा हरिबहादुर बुढाक्षेत्री, सचिव राजेन्द्र चौधरी, सह–सचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष शिशिर चौधरी र सदस्यहरूमा शान्तिदेवी चौधरी, मोतीराम भट्टराई लगायत रहेका छन् ।
त्यस्तै नयाँ कार्यसमितिले धार्मिक केन्द्रलाई थप व्यवस्थित गर्दै यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ ।
