
Pbu
Gipsg
Gipsg
Gmssl
Gsg
gst
Unsku
Sebsg
Gst

Asm
Rgu
Bbu
Sls
Hal
Ssm
Bbbpu
Vor
Tsm
Rgu
Pvg
Ksm
Gst
Sbs
Ggd
Rgs
Wsp
Rsb
nsb

Ptm
Syp
Jmb
Rpp
bbt
Mks
Abd
Gsb
Bml
sab
Pls
Jmb
Rmb
दाङ । लमही नगरपालिका वडा नम्बर –८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित चार कोठे भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई विशेष ध्यान दिन निर्देशन दिए ।
उनले सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गर्दै आएको भन्दै सो लगानीको उचित उपयोग गर्दै विद्यार्थीको शैक्षिक उपलब्धि सुधार्न शिक्षकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकार सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयमा अपेक्षित सुधार ल्याउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले शिक्षा विकासलाई नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताए । शुक्रबार आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्यालयमा सिकाइ–सुधार र सुविधा विस्तारलाई निरन्तरता दिइने बताए । उनले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मान बहादुर चौधरीले विद्यालयले हासिल गर्दै गएको उपलब्धिका बारेमा प्रशंसा गरेका छन् । आगामी दिनमा विद्यालयले अझै प्रगति गरोस भन्दै शुभकामना समेत दिए ।
लमही नगरपालिका–८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख लक्ष्मी योगी र वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का विशिष्ट अतिथि रहेका थिए ।
नेपाल सरकारको संघीय अनुदान मार्फत प्राप्त भएको ५५ लाख र ३ लाख स्थानीय श्रमदान गरि ५८ लाखमा चार कोठे भवन निर्माण भएको हो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्ली भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक राजेश चौधरीले गरेका थिए । कार्यक्रममा विद्यालयका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।
