प्रिया स्मृती गजमेर/लमही शनिबार, भाद्र २०, २०८२

दाङ । लमही नगरपालिका वडा नम्बर –८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित चार कोठे भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई विशेष ध्यान दिन निर्देशन दिए ।

उनले सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गर्दै आएको भन्दै सो लगानीको उचित उपयोग गर्दै विद्यार्थीको शैक्षिक उपलब्धि सुधार्न शिक्षकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकार सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयमा अपेक्षित सुधार ल्याउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले शिक्षा विकासलाई नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताए । शुक्रबार आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्यालयमा सिकाइ–सुधार र सुविधा विस्तारलाई निरन्तरता दिइने बताए । उनले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मान बहादुर चौधरीले विद्यालयले हासिल गर्दै गएको उपलब्धिका बारेमा प्रशंसा गरेका छन् । आगामी दिनमा विद्यालयले अझै प्रगति गरोस भन्दै शुभकामना समेत दिए ।

लमही नगरपालिका–८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख लक्ष्मी योगी र वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का विशिष्ट अतिथि रहेका थिए ।

नेपाल सरकारको संघीय अनुदान मार्फत प्राप्त भएको ५५ लाख र ३ लाख स्थानीय श्रमदान गरि ५८ लाखमा चार कोठे भवन निर्माण भएको हो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्ली भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक राजेश चौधरीले गरेका थिए । कार्यक्रममा विद्यालयका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]