
Jns
Ggp
Rgp
Usb
Dus
Pbu
Dbs
Ggp
Rgp
ksb
Asb
Sgp
Lnp
Lks
lnp
Rgp
Rgp


दाङ । देउखुरीको गढवा गाउँपालिका–३ मा अवस्थित गोबरडिहा आयुर्वेद औषधालयमा शिरोधारा कर्म सेवा सुरुवातसँगै चूर्ण औषधि उत्पादनको लागि आवश्यक मेसिन जडान गरी औपचारिक शुभारम्भ गरिएको छ ।
शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारु र गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संयुक्त रूपमा मेसिनको उद्घाटन गरे । उद्घाटनपछि अब औषधालयमा जडीबुटी प्रशोधनमार्फत चूर्ण औषधि उत्पादन कार्य थालिने भएको छ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुले शिरोधारालाई आयुर्वेदिक चिकित्सामा प्रयोग हुने एक महत्वपूर्ण पञ्चकर्म भन्दै यसले शरीर र मनलाई शान्त बनाउन,स्नायु प्रणालीलाई सन्तुलनमा ल्याउन र मानसिक तनाव कम गर्न सहयोग गर्ने बताए । उनले गढवाबासीले यसको प्रत्यक्ष लाभ लिनुपर्नेमा जोड दिए ।
त्यसैगरी गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले शिरोधारा सेवा सुरु हुनु गढवाका लागि आयुर्वेदिक उपचार सेवामा नयाँ आयाम थपिएको बताए । उनले शिरोधाराले तनाव, अनिद्रा,चिन्ता,डिप्रेसन कम गर्न,टाउको दुखाइ र माइग्रेनमा उपयोगी हुनका साथै स्नायु प्रणालीलाई शान्त र सन्तुलित बनाउन मद्दत गर्ने उल्लेख गर्दै यो सेवाबाट स्थानीयवासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डा. शंकरनाथ योगीले शिरोधारा टाउकोको अगाडिको भागमा निरन्तर रूपमा औषधीय तेल वा द्रव्यको धार खसालेर स्नायु प्रणालीलाई शान्त पार्ने उपचार पद्धति भएको स्पष्ट पार्दै यसलाई आयुर्वेदको प्रभावकारी रिल्याक्सेसन थेरापीको रूपमा प्रस्तुत गरे । उहांले यसले तनाव,अनिद्रा,माइग्रेन,रक्तचाप र चिन्ताजस्ता समस्यामा राहत दिलाउने जानकारी समेत दिए । उक्त शुभारम्भसँगै गढवा क्षेत्रमा आयुर्वेदिक सेवाको पहुँच अझ विस्तार भएको छ ।
